FLASH NEWS
  • Loading...

डोटीमा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
डोटीमा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

डाटी । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ । हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन, सवस्टेसन प्रमुख स्वाँरले भने । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए । त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको नापानीका जगत बोगटीले जानकारी दिए । उनले भने , “हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ गाईबस्तुसमेत बाहिर निकाल्न सकेका छैनौँ ।” जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् । हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित