FLASH NEWS
- Loading...
कामदारको निःशुल्क जीवन बीमा
- गोल्डेन खबर
- ६ साल अघि
- ११३ पटक पढिएको
घोराही । दाङमा रहेको टी मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताए ।
नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १५ वर्षे जीवन बीमाअन्तर्गत टी मार्टले कामदारको एक एक लाखका दरले बीमा गरिएको उनले बताए । बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम टी मार्ट आफैँले बुझाउने गरेर बीमा गरिएको हो । जीवन बीमा गरेका कर्मचारी सडक दुर्घटना होस् या अन्य दुर्घनामा परी घाइते भएमा बीमा कम्पनीले उपचारस्वरुप दोब्बर रकम उपलब्ध गराउने हुँदा बीमा गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस