- Loading...
कर्मचारी समायोजन अध्यादेश बहुमतले पारित
- गोल्डेन खबर
- ६ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं । राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ । सरकारले अब संघीय संसदको अधिवेशन सुरु भएको मितिले ६० दिनभित्र यस अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ । पुस ११ गते संघीय संसदको तेश्रो अधिवेशनको पहिलो बैठक बसेकाले पहिलो बैठक बसेको मितिले ६० दिनभित्र संघीय संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक पास गरिसक्नुपर्ने छ । आजको बैठकमा सरकारले प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक २०७५ पेश गरेको छ । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन् । त्यसैगरी बैठकले राहदानी विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । त्यसैगरी, राष्ट्रियसभाले २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिक सभासद् निर्वाचित स्वर्गीय कमला देवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको गत सोमबार हृदयघातका कारण निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक पुस २५ गते बुधबार बिहान ११ बजे बोलाइएको छ ।