FLASH NEWS
  • Loading...

नाइजेरियामा एक हप्तामै २८० बोको हराम मारिए

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १३८ पटक पढिएको
नाइजेरियामा एक हप्तामै २८० बोको हराम मारिए

नियामी । नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् ।  बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् । नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार २०० जना भन्दा केही बढी लडाकू हवाई कारबाहीका क्रममा र ८७ जना स्थल सेनाले गरेको कारबाहीमा परी मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको  हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित