FLASH NEWS
- Loading...
न्यायाधीश जोशीलाई पेशी नतोकिने प्रधानन्यायाधीश जबराको घोषणा
- गोल्डेन खबर
- ६ साल अघि
- १०९ पटक पढिएको
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् ।
उनले आज पत्रकार सम्मेलनमा भने, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।” यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत भएका थिए । हिजो संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस