- Loading...
नेपालका २९ औँ प्रधानन्यायाधीश जबराले लिए राष्ट्रपति भण्डारीद्धारा सपथ
- गोल्डेन खबर
- ६ साल अघि
- १३७ पटक पढिएको
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन्।सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थहरु सहभागी थिए। नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै कार्यभार सम्हाल्ने छन्।
संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा नियुक्त भए न्यायालयलाई गौरव गर्न लायक बनाउने जबराले प्रतिवद्धता व्यक्त गरेका थिए। २९ औं प्रधानन्यायाधीश बन्ने जबराले तीन वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन्। उनी सर्वोच्च अदालतको उच्च तहमा पुग्ने राणा परिवारका दोस्रो हुन्।
यसअघि २०५३ सालमा त्रिलोकप्रताप राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए। उनले २०५३ फागुन ४ मा प्रधानन्यायाधीशमा नियुक्त भएर २०५४ असोज १ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।