FLASH NEWS
  • Loading...

प्रतिनिधिसभा बैठक : कर्मचारी समायोजन अध्यादेश २०७५

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९२ पटक पढिएको
प्रतिनिधिसभा बैठक : कर्मचारी समायोजन अध्यादेश २०७५

काठमाडौं ।  सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई प्रतिनिधिसभाले  पास गरेको छ ।  आज बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो । यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो ।

उनले अध्यादेश पूर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको बृद्धि विकासलाई कहि पनि बन्द नगरिएको बताए । उनले प्रस्तुती र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गरे । त्यसअघि अध्यादेशमाथि विरोधको सुचना दर्ता गराएका सांसद गगन थापाले बोल्दै छुट्टै पहिचान बोकेका केही विशिष्ट कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित