- Loading...
इस्लामिक स्टेटलाई परास्त पार्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) लाई परास्त गर्न प्रतिबद्ध रहेको रिपब्लिकन पार्टीका उच्च नेता तथा सिनेटरहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरिरहेका बेला उच्च सिनेटरहरुको यस्तो भनाई आएको हो । ट्रम्प अमेरिकी सेना फिर्ता बोलाउने भन्दा पनि सिरियामा आइएसलाई परास्त गर्नमा प्रतिबद्ध रहेको बताएका हुन् । सिरियाको विषयलाई लिएर सिनेटरहरुले आइतबार राष्ट्रपति ट्रम्पलाई भेटेका थिए । ट्रम्पसँगको भेटपछि सिनेटर लिन्सी ग्राहमले राष्ट्रपति सिरियामा आइएसलाई पराजित गर्न प्रतिबद्ध रहेको बताएकी हुन् ।
ट्रम्पले सिरियाबाट सेना फिर्ता बोलाउने घोषणा गरेपछि सिरियामा आइएसविरुद्धको अभियानमा अमेरिकालाई साथ दिएका सहयोगी राष्ट्रले गम्भीर चासो व्यक्त गरेका थिए । यस्तै अमेरिका भित्रै उनकै पार्टीका प्रभावशाली नेताहरुले पनि आलोचना गरेका थिए । ग्राहमको भनाई आए पनि राष्ट्रपति ट्रम्प र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सिरियाका सम्बन्धमा भएको रणनीतिक फेरबदलबारे केही बताएका छैनन् । ट्रम्पले डिसेम्बर १९ मा आइएस पराजित भएको भन्दै सिरियामा रहेका झण्डै दुई हजार अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरेका थिए । तर यसले आइएस फेरि फैलन सक्ने भन्दै आलोचना हुँदै आएको छ ।