FLASH NEWS
  • Loading...

‘ओली सरकार इतिहासकै नालायक’ : अध्यक्ष राणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
‘ओली सरकार इतिहासकै नालायक’ : अध्यक्ष  राणा

काठमाडौं ।  सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आरोप लगाएका छन् ।  मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दावी समेत गरेका छन् ।

आज ठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गरे । अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गरेका हुन् ।

राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म सितल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ । अध्यक्ष राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको पनि स्पष्ट पारे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित