FLASH NEWS
  • Loading...

चार कम्पनीको शेयर मूल्य समायोजन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ । स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ । पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २२६ रहेको छ । यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु एक हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २१५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित