FLASH NEWS
  • Loading...

प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइ आज

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०२ पटक पढिएको
प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइ आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदीय सुनुवाईका लागि बोलाएको छ। संसदीय सुनुवाइ समितिले सचिवालय सिँहदरबारमा आज दिउँसो २ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जबरासँग छलफल गर्ने कार्यसुची रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  संसदीय सुनुवाइ समिति समक्ष आफूमाथि उठेका प्रश्न को जवाफ दिनेछन्। त्यसपछि सुनुवाइ समितिले उनलाई सर्वोच्चको नेतृत्वमा स्वीकार गर्ने नगर्ने भन्ने निर्णय गर्नेछ। सुनुवाइ समितिले जबरालाई प्रधानन्यायाधीशमा स्वीकार गरे राष्ट्रपतिले शपथ गराएर यहिँ पुस १७ गतेबाट उनले प्रधानन्यायाधीश भएर काम गर्नेछन्। समितिले यसअघि दुई दिन अघिमात्र जवराविरुद्धका उजुरीकर्तासँग छलफल गरेको थियो। जवराविरुद्ध ९ वटा उजुरी परेका छन्। जबराको इजलासबाट भएका न्यायसम्पादन स्वच्छ र निष्पक्ष नहुने उजुरी पनि परेका छन्। संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित