FLASH NEWS
  • Loading...

मर्स्याङ्दीले रच्यो इतिहास लिग च्याम्पियन बन्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
मर्स्याङ्दीले रच्यो इतिहास लिग च्याम्पियन बन्दै

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिगको विजेता बनेको छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङको उपाधियात्रामा केही फरक पर्नेछैन ।मनाङले लिगको उपाधि मात्रै जितेन एउटा अनौठो इतिहास पनि रचेको छ ।

लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभइ लिगको उपाधि जितेको हो । मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।जितसँगै मनाङले ११ खेलबाट ३३ अंक बनाउँदै उपाधि कब्जा गरेको हो । अझै मनाङले लिगका दुई खेल खेल्न बाँकी नै छ । मनाङले उपाधि जितेसँगै अब दोस्रो र तेस्रो स्थानका लागि थ्रीस्टार, संकटा र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।पराजित भएको संकटाको ११ खेलबाट २५ अंक रहेको छ भने १० खेल खेलेको थ्रीस्टारको २३ अंक रहँदा चौथो स्थानमा रहेको आर्मीको १८ अंक रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित