- Loading...
सरकारको काम बारे अहिल्यै अत्तालिन पर्दैन् : अध्यक्ष दाहाल
- गोल्डेन खबर
- ६ साल अघि
- ११० पटक पढिएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले मात्रै जवाफ दिएका छन् । व्यस्तताको कारण प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन नभ्याएपछि दाहालले मात्रै जवाफ दिएकहो । ओलीले भोलीले मात्रै जवाफ दिने तयारी भएको छ । दाहलले स्थायी समिति सदस्यले उठाएका विषय जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा दाहालले सरकार गठन भएको एक वर्ष पनि नपुगेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको धारण पनि राखे । नेकपा स्थायी समितिका ४६ जनामध्ये धेरै सदस्यले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्नुका साथै मन्त्रिमण्डल पुनर्गठन र अध्यक्षद्धयको राजनीतिक प्रस्ताव परिमार्जन गर्न माग गरेका छन् । यसैबीच नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पार्टीको नीति र सरकारको कामकारबाहीका बारेमा छलफल हुने नेकपाले जनाएको छ ।