- Loading...
भोकमरी,बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न मन्त्री प्र ज्वालाको आग्रह
- गोल्डेन खबर
- ६ साल अघि
- ९२ पटक पढिएको
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति ९रासस० कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उनले यस्तो बताएका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गरे ।मन्त्री ज्वालाले दुर्गम कर्णाली क्षेत्रको विकासका लागि प्रादेशिक सरकारको हेलिकप्टर र हवाइजहाज पनि आवश्यकता भएको जानकारी दिँदै मन्त्री ज्वालाले प्रदेश सरकार र पत्रकार मिली अब कर्णालीको परिचय दिनुपर्ने र प्रदेशको गरीबी, भोकमरी र व्याप्त अन्यायविरुद्ध लाग्न सबै एकबद्ध हुनुपर्नेमा जोड दिए।