FLASH NEWS
  • Loading...

आगलागीबाट प्रभावितलाई राहत दिने कर्णाली सरकारको निर्णय

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९५ पटक पढिएको
आगलागीबाट प्रभावितलाई राहत दिने कर्णाली सरकारको निर्णय

 काठमाडौं । कणाली प्रदेश सरकारले भीषण आगलागीबाट प्रभावित परिवारलाई प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको गरेको छ ।कालीकोटको पलाता गाउँपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको आगलागीबाट प्रभावित परिवारलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले आज जारी गरेको विज्ञप्तिमा भिषण आगलागि र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । मुख्यमन्त्रीले आगलागिवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह पनि गरेका छन् । शाहीले घटनाको सुचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहतको प्रवन्धका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ । गलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित