- Loading...
कर्मचारी समायोजन अध्यादेश २०७५’ विरुद्ध आन्दोलन
- गोल्डेन खबर
- ६ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्र्न सबै कर्मचारीहरुलाई आह्वान गरेको छ। कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको हो। आज काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले सो अध्यादेश खारेज गरेर कर्मचारी समायोजना गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर्न पनि सरकारसँग माग गरेको छ। खानेपानीलगायतका संस्थानहरुमा भइरहेको कर्मचारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघले उनीहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिएको छ। बानिया नेतृत्वको ४५ सदस्यीय नयाँ केन्द्रिय कार्य समितिले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।