FLASH NEWS
  • Loading...

इजाजतबिना कारोबार गर्नेलाई कडा कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२५ पटक पढिएको
इजाजतबिना कारोबार गर्नेलाई कडा कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

 काठमाडौं ।  इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कडा कारबाही गर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले  बताएका छन् । अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराए । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उनले विदेशी मुद्रालाई अपचलन नहुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको बताए । उनले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले त्यस सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले अनलाइन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सोसम्बन्धी कानुन निर्माणको कामलाई अघि बढाएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित