FLASH NEWS
  • Loading...

ठेकदारले काम छाडे पनि मेलम्चीलाई घाटा छैन् : मन्त्री मगर

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९८ पटक पढिएको
ठेकदारले काम छाडे पनि मेलम्चीलाई  घाटा छैन्  : मन्त्री मगर

काठमाडौं ।इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नलाग्ने  खानेपानीमन्त्री विना मगरले बताएकी छन् ।आज संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी छन् । ‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेका छौं, सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’ उनले भनिन् ‘१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन् । अहिले पनि ठेकदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उनले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित