FLASH NEWS
  • Loading...

ने क पा स्थायी कमिटी बैठकमा अधिकांश सदस्य ओली–दाहालप्रति आक्रामक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०० पटक पढिएको
ने क पा  स्थायी कमिटी बैठकमा अधिकांश सदस्य ओली–दाहालप्रति आक्रामक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आजका लागि सकिएको छ । आज बिहान बसेको बैठकमा नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणि पोखरेल, चक्रपाणी खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनमाथि धारणा गरेका थिए ।उनीहरुले राजनीतिक प्रतिवेदनसहित समसामयिक विषयमा पनि बोलेका थिए । बैठक भोली बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । गएको शनिबारदेखि जारी ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अहिलेसम्म ३६ जनाले आफ्नो विचार प्रस्तुत गरेका छन् । गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो ।छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । राजनीतिक प्रतिवेदनमा सरकारका उपलब्धी, पार्टीका काम, यसबिचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित