FLASH NEWS
  • Loading...

मोनोरेलको डीपीआर सम्झौता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १११ पटक पढिएको
मोनोरेलको डीपीआर सम्झौता

 काठमाडौं । मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्न चिनियाँ कम्पनीसँग महानगरपालिका र ललितपुर महानगरपालिकाले   सम्झौता गरेका छन् ।  आज काठमाडौं र ललितपुर महानगरपालिका तथा चाइना रेलवे २५औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड सीआरसीसीबीच मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीले १ वर्ष भित्रमा डीपीआरको काम सक्ने  जनाएको छ । चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सीआरसीसीले काठमाडौंको चक्रपथमा मोनोरेल बनाउन कम्तीमा १ वर्ष डीपीआरको लागि समय चाहिने र ३ वर्ष निर्माणमा लाग्ने जनाएको छ । यसअघिको प्रारम्भिक अध्ययनले चक्रपथमा मोनोरेल बनाउन एक खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ ।आज सभागृहमा भएको कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरिबावु महर्जनले मोनोरेल बनाउन महानगपालिकाले मात्रै खर्च पुर्‍याउन नसक्ने भएकाले संघ र केन्द्र सरकारको पनि सहयोग खोजिने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित