FLASH NEWS
  • Loading...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०० पटक पढिएको
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा। तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा आज बिहानै उनको देहान्त भएको हो ।बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर रहे ।गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज निवासमै राखिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित