FLASH NEWS
  • Loading...

मैले मार्गदर्शक गुमाए : कमल थापा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९५ पटक पढिएको
मैले मार्गदर्शक गुमाए  :  कमल थापा

काठमाडौं ।  राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा। तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा। तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु । निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा। गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन । उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु,’ थापाले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित