FLASH NEWS
  • Loading...

कांग्रेस महासमिति बैठक : रोकियो अझै सुरु भएन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९१ पटक पढिएको
कांग्रेस महासमिति बैठक : रोकियो अझै सुरु भएन

काठमाडौं ।  विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिन नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएपनि केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन । कांग्रेसमा संस्थापन र पौडेल समूहबीच सहमति नजुट्दा केन्द्रीय समितिको बैठक पनि सुरु हुन नसकेको हो । अहिले शीर्ष नेताहरु आन्तरिक छलफलमा छन् । नेताहरुबीच मोटामोटी सहमति भएपछि केन्द्रीय समितिको बैठक सुरु हुनेछ ।

उपसभापति विमलेन्द्र निधि संयोजकको कार्यदलले विधानका विषयमा मोटामोटी सहमति जुटाएपछि त्यसलाई अन्तिम रुप दिन केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी छ । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडल दुवै पक्ष पदाधिकारी संख्या पाँचबाट बढाएर आठ पुर्‍याउन सहमत भएपनि निर्वाचित वा मनोनित के गर्ने भन्ने विषयमा सहमित भइ नसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषअध्यक्ष राख्ने सहमति भएको छ । त्यस्तै विधानमा संक्रमणकालीन अधिकारी र संशोधित विधान कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि सहमति जट्न बाँकी रहेकाले त्यसलाई टुंग्याएर सोमबार नै विधान संशोधननको प्रतिवेन पेश गर्ने तयारी भइरहेको खड्काले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित