FLASH NEWS
  • Loading...

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १३८ पटक पढिएको
गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक गणपूरक सङ्ख्या नपुगेका कारण  स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक गरिएको हो । आज बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृत जानकारी लिइने उल्लेख थियो । समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्यहरू विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहेकाले  बैठकमा अनुपस्थित भएकोे जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित