FLASH NEWS
  • Loading...

प्रभु बैंकको बैंकिङ सेवा जलेश्वरमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०७ पटक पढिएको
प्रभु बैंकको बैंकिङ सेवा जलेश्वरमा

गौशाला । प्रभु बैंकले बैंकिङले महोत्तरीको जलेश्वर भन्सार कार्यालय परिसरमा  बैंकिङ सेवाको थालनी गरेको छ । प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताए ।

भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दूरीमा रहेको सदरमुकाम जलेश्वरमा मात्र बैंक रहेकाले बाटोमा पर्ने सुनसान फाँट पार गर्दै दैनिक करोडौँ राजश्व बैंक दाखिला गर्नु भन्सारकर्मीका लागि जोखिमपूर्ण थियो । भने अब सहज भएको छ ।

प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले केही दिनमै यस काउण्टरबाट पनि ऋण लगानी, घर, गाडी र व्यवसायका लागि कर्जा प्रवाह, बचत सेवा, विप्रेषणलगायत सुविधा पनि प्रदान गरिने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित