FLASH NEWS
  • Loading...

चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

काठमाडौं  ।   चौतारी लघुवित्त बुटवल प्रधान कार्यालयले आजदेखि साधारण शेयर९आइपिओ० बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ । शेयर बिक्री छिटोमा मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी  दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित