FLASH NEWS
  • Loading...

खानेपानी मेलम्चीको पानी नदिए वाग्मतीमा हाल्ने स्थानीयवासीको घोषणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
खानेपानी मेलम्चीको पानी नदिए वाग्मतीमा हाल्ने स्थानीयवासीको घोषणा

 काठमाडौ  । मेलम्चीको पानी उत्तरपूर्वी भेगमा  नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन्।  उत्तरपूर्वी  भेगको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । यसमा स्थानीय सरकारको समेत समर्थन छ ।वाग्मतीको मुहान क्षेत्र नै भए पनि हाल यहीका धारामा खानेपानी आउँदैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका नगर क्षेत्र उपत्यकामा वितरण हुने वाग्मतीको पानीको स्रोत स्थल हो ।

वाग्मती स्रोतको एउटा ठूलो पाइपबाट ल्याइएको पानी गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण हुन्छ । अर्को ठूलो पाइपको पानी महाँकालचौरमा प्रशोधन गरी वितरण गरिन्छ । दुवै स्थानबाट वितरण हुने पानी गोकर्णेश्वर नगर क्षेत्रमा वितरण हुने भए पनि धारामा पानी झर्दैन । वर्षौंदेखि धारामा पानी नआएपछि नगरपालिकामा पटकपटक गुनासो गरेको स्थानीय खड्गबहादुर गुरुङले बताए। मेलम्चीको पानी आउँदासम्म पनि यहाँ खानेपानीको व्यवस्था नगरे प्रशोधन केन्द्रको पानी वाग्मती नदीमा बगाउन खानेपानी पीडित समूह सङ्गठित हुन थालेको उनको भनाइ छ ।

मेलम्चीबाट आउने पानी पनि गोकर्णेश्वर नगरपालिका–१, महाँकालमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पठाइन्छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानी आउँछ । मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट नै ठूला पाइपबाट आरुबारीलगायत पानीपोखरीमा लगिन्छ । पानी प्रशोधन केन्द्र निर्माण, पाइप बिच्छ्याउन सडक खन्नेलगायत काम गर्दा नगर क्षेत्रमा हिउँदमा धूलो र वर्षामा हिलोले हिँडडुल गर्नसमेत नसकिने अवस्था रहेको स्थानीय सुशील सिम्खडाले बताए। १७ करोड लिटर पानी प्रशोधन गर्न निर्माण भइरहेको दुईवटा प्रशोधन केन्द्र बनाउँदा वातावरणीय रुपमा प्रभाव परेको उनको भनाइ छ । मेलम्ची प्रशोधन केन्द्र र सुरुङसम्म जाने सडक कालोपत्र गर्न पटकपटक अनुरोध गर्दा पनि आयोजनाले काम नगरेको स्थानीयवासीको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित