- Loading...
ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी
- गोल्डेन खबर
- ६ साल अघि
- १०३ पटक पढिएको
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ ।एन्फा मैदान सातदोबाटो ललितपुरमा आज भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो ।जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले निर्णायक गोल दोस्रो हाफमा गरेको हो । खेलको तेस्रो मिनेटमा नै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । तर १५ औं मिनेटमा एनआरटीले खेल बराबरी गर्यो ।उसका लागि राजेश परियारले गोल गर्न सफल भए । तर त्यसपछि दुबै टिमबाट गोल भएन र पहिलो हाफ एक एक गोलको बराबरीमा सकाएका थिए । दोस्रो हाफमा भने एपीएफ खेलमा फर्कन सफल भयो ।
डी बक्स भित्र एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरे पछि पेनाल्टी मार्फत निर्णायक गोल सम्भव भएको हो । पेनाल्टीलाई सुदीप सिखरकारले गोलमा परिणत गर्दै ७३औं मिनेटमा एपीएफलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि थप गोल नभए पछि एपीएफले छैटौ चरणको खेलसम्म दोस्रो जित आत्मसाथ गर्न सफल भयो ।