FLASH NEWS
  • Loading...

बागलुङका विपन्न परिवारलाई बीउ पूँजी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १३७ पटक पढिएको
बागलुङका विपन्न परिवारलाई  बीउ पूँजी

बागलुङ ।  विपन्न परिवारको जीवनस्तर सुधारका लागि बागलुङको ताराखोला गाउँपालिकाले पशुपक्षीको बीउ पूँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पूँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो ।गाउँपालिकाले पशु सेवा शाखामार्फत यसवर्ष रु १५ लाख बराबरको बीउ पूँजी किसानलाई उपलब्ध गराउने पशु सेवा शाखाका प्रमुख होमबहादुर थापा मगरले जानकारी दिए । विपन्न किसानलाई प्रतिपरिवार एक÷एकवटाका दरले पशु चौपाया उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ ।  गाउँपालिकाले चार समूहमा विभाजन गरेर निःशुल्क बीउ पूँजी पशुपक्षी वितरण गर्ने जनाएको छ ।

गरीब तथा विपन्न किसानलाई स्थानीय र उन्नत जातका गाई, भँैसीपालन र कोरली पालनका लागि बीउ पूँजी उपलव्ध गराइने छ ।गोठ सुधार गर्न चाहनेको लागि समेत अनुदान उपलब्ध गराइने छ । तीनजना सहभागी हुन पाउने यस कार्यक्रमको लागि आफैँ लगानी गर्न नसक्ने र अनुदानमा आएको पशु चौपायबाट उत्पादन गर्नसक्ने योजना बनाएका किसानलाई मात्र यो कार्यक्रममा सहभागी गराइने थापाले बताए ।
त्यस्तै १० जनाका किसानलाई स्थानीय तथा उन्नत जातका बाख्रापालनका लागि बीउ पूँजी उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्दै आयमूलक हिसाबले उन्नत जातका कुखुरापालन गर्ने किसानलाई पनि बीउ पूँजी उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ ।

एकल महिलालाई आयआर्जनसँग जोडेर जीवन गुजारा गर्ने माध्यम बनाउनका लागि भन्दै १५ जनालाई भेडाबाख्रापालन र १५ जनालाई कुखुरापालनको लागि बीउ पूँजी उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जनाकारी दिए । ।गाउँपालिकाले द्वन्द्वपीडितलाई पनि समावेश गरेर बीउँ पूँजी वितरणको कार्यक्रम बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित