- Loading...
‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो प्रधानमन्त्री ज्यू’
- गोल्डेन खबर
- ६ साल अघि
- ९५ पटक पढिएको
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुनै धर्म प्रचारक संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले थाप्दा देशकै अपमान भएको बताएका छन। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउँदा सम्मान नभई अपमान भएको संयोजक मिश्रले बताए ।
‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’, मिश्र लेख्छन्, ‘यो त अति भयो, तपाई देशको प्रधानमन्त्री हामी सबैको प्रधानमन्त्री तर देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउने रु
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो सम्पन्न एसिया प्यासिफिक समिटमा युनिभर्सल पीस फेडेरेसनले ‘गुड लिडरसिप एन्ड गभरनेन्स अवार्ड’ प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीले यो अवार्ड पाएसँगै चौतर्फी आलोचना भइरहेको छ । संयोजक मिश्रले देशमा खराब नेतृृत्व र शासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्न गरे ।
उनी अघि लेख्छन्, ‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदी सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ रु‘बारम्बार नागरिककै मत जितेर आउनुभएकोले हामी नेपाली तपाईँकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले लेखेका छन , ‘तर अब तपाईँको त्यो भ्रम लामो समय टिक्नेवाला छैन ।’