- Loading...
संस्थालाई सुधार्नेतर्फ लाग्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन
- गोल्डेन खबर
- ६ साल अघि
- ९६ पटक पढिएको
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन् ।
संस्थानको ४४औँ वार्षिकोत्सवमा मन्त्री यादवले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिए । यस संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया अघि बढिसकेको भन्दै उनले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पु¥याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम यसले नगरेको बताए ।
महाप्रबन्धक योगेन्द्र गौचनले संस्थानले व्यापार विविधिकरण गरी व्यासायिक हुन नसके निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन हुने बताए । निर्णय ढिला कार्यान्वयन हुँदा र कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागतरुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको पनि उनले चर्चा गरे ।