- Loading...
हिउँदे अधिवेशन बोलाउन नेपाली काङ्ग्रेसको माग
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको
काठमाडौं । जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए । संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श नगरेको उनले बताए ।
सचेतक खाँणले संसद्को बैठक लामो समयदेखि नचलेको,पुराना ३०० भन्दा बढी कानून संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्ने हुदा, जतिसक्यो चाँडो बैठक बोलाउनुपर्ने बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताए ।