- Loading...
नार्कको गतिविधिप्रति कृषि मन्त्री खनालको असन्तुष्टि
- गोल्डेन खबर
- ६ साल अघि
- १०७ पटक पढिएको
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्क प्रति असन्तुष्टि जनाएका छन्। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना कृयाकलापमा परिवर्तन गर्न आग्रह गरे।
नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाइ छ। आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिएका छन्।
प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न भन्दै उनले अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे। घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन्। ६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो। नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ।