- Loading...
उपत्याकामा आज यात्रुलाई भयोे सास्ती, अनावश्यक जोर–बिजोर प्रणालीले
- गोल्डेन खबर
- ६ साल अघि
- १०२ पटक पढिएको
काठमाडौं । उपत्याकामा आजदेखी जोर –बिजोर प्रणाली लागु भएका कारण अरु दिनभन्दा कम सावारी साधन चलेका छन् । सरकार नागरिकको सहजका लागि र परेका अप्ठ्याराहरुको सम्बोधनका लागि हो भन्ने मान्यता विश्वव्यापी छ तर नेपालमा पनि यहि मान्यतामा अडिएर आगढि बढ्ेको सरकार हो । सरकारका पछिल्ला कतिपय निर्णयहरु नागरिकलाई सुविधा दिने भन्दा पनि सास्तीको भारी बोकाउने खालका रहेको भन्दै आलोचना भइरहेको छ ।
उदाहरणका लागि आजदेखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा लागु भएको जोर–बिजोर प्रणाली एक हो ।काठमाडौं । भयो गैरसरकारी संस्थाको कार्यक्रमका कारण उपत्याका बासीले शास्ती पाएका छन ।भोलीदेखि मंसिर १७ गतेसम्म हुने एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गरी सरकारले काठमाडौँ उपत्यकामा जोर–बिरोज प्रणाली लागु गरेको हो ।
युनिभर्सल पिस फेडेरेशन नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सात देशका विशिष्ट पाहुना आउने भएको र त्यसको सुरक्षा तथा सवारी व्यवस्थापनका लागि कार्यक्रम हुनु भन्दा एक दिनअघि देखिनै नागरिकले सास्ती पाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबारदेखि आइतबारसम्म अर्थात मंसिर १६ गतेसम्म काठमाडौँ उपत्यकामा लागु हुने यो प्रणाली अनुसार १३ र १५ गते नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका गाडी र १४ र १६ गते अन्तिममा जोर नम्बर मात्रै भएका गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।
यस अनुसार बिहीबार बिजोर नम्बरका मात्रै गाडी चल्न पाउने छन् । अरु दिनको तुलनामा बिहीबार कम मात्रै गाडी चलेका कारण सर्वसाधारणले सास्ती पाएका छन् ।बिहीबार म्यानमारकी नेत्री आङ साङ सुकी तथा कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आएका छन । सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा दिएका हुन् ।