- Loading...
नागरिकता लिन झुटो विवरण पेश गर्नेलाई कारबाही नगर्न राजपाको माग
- गोल्डेन खबर
- ६ साल अघि
- १०३ पटक पढिएको
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले नागरिकता लिन झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई दण्डसजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आफ्नो नागरिकता लिन झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई दण्डसजाय दिने प्रावधान गलत भएको दावी गर्दै तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको धेयक’माथिको छलफलमा भाग लिँदै उनले अशिक्षालगायतका कारण नागरिकता लिन झुटो विवरण पेश गरेको हुन सक्ने उल्लेख गर्दै त्यसमा दण्डनै दिने कानुनी व्यवस्था राख्न नहुने तर्क गरेका छन्।
विधेयकमा झूटा विवरण पेश गरेर नागरिकता लिन खोज्ने र दिने दुवैलाई दण्डित गर्ने प्रावधान राखिएको छ । स्वदेशी नागरिकको हकमा त्यो प्रावधान सही नभएकाले त्यसलाई तत्काल हटाउन नेता कर्णको सुझाव छ ।