FLASH NEWS
  • Loading...

विधानबारे छलफल गर्न शशांकले बोलाए गुटको बैठक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९३ पटक पढिएको
विधानबारे छलफल गर्न शशांकले बोलाए गुटको बैठक

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विधानबारे छलफल गर्न गुटको बैठक बोलाएका छन् । कोइरालाले छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ । नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् ।

यसअघि मंगलबार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको थियो ।पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको लञ्च मिटिङमा निष्कर्ष निकालिएको सहभागी एक नेताले बताएका थिए । पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित