- Loading...
मिजोरमको नक्सा भाजपाले चिनेन
- गोल्डेन खबर
- ६ साल अघि
- १०४ पटक पढिएको
एजेन्सी । भारतको मिजोरममा विधानसभा चुनावका लागि मतदान जारी छ । राज्यको ४० सदस्यीय विधानसभाका लागि २०९ उम्मेदवार प्रतिस्पर्धामा छन् । सन् १९८७ मा राज्यको निर्माण भएपछि आठौँपटक विधानसभा चुनाव भइरहेको छ ।
राज्यका सात लाख ७० हजार मतदाताले मत दिँदै छन् । राज्यमा सन् २००८ देखि कांग्रेस सत्तामा छ । यस्तै मिजो नेशनल फ्रन्ट पनि बलियो छ भने भारतीय जनता पार्टी (भाजपा) पनि बलियो रुपमा प्रस्तुत भएको छ । यस्तै नेशनल पिपुल्स पार्टी र जोरम पिपुल्स मुभमेन्ट पनि चुनावी दौडमा छन् ।
मतदाता चुनावका लागि तयार भइरहेका बेला भारतीय जनता पार्टीले बुधबार बिहान गम्भीर त्रुटी गर्यो आफ्नो ट्वीटर ह्याण्डल मार्फत । भाजपाले बिहान पौने ८ बजेतिर आफ्नो पक्षमा मत माग्दै ट्वीट गरेको थियो । त्यसमा प्रयोग भएको राज्यको नक्सा भने अर्कै राज्यको थियो ।
भाजपाले मिजोरमको नक्सा भनेर तेलंगना राज्यको नक्साको तस्बिर पोस्ट गरेको हो । त्यसपछि भाजपाको आलोचना भएको छ । राज्यको नक्सा पनि नचिन्ने कसरी राष्ट्रवादी हुन्छ रु भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।