FLASH NEWS
  • Loading...

फेरि सिफारिस भयो प्रधानन्यायाधीशमा जोशीको नाम

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०४ पटक पढिएको
फेरि सिफारिस भयो प्रधानन्यायाधीशमा जोशीको नाम

काठमाडौं । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ।न्याय परिषद्का सचिव नृपध्वज निरौलाले २ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएका छन् ।

प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो।

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र १७ पुसमा उमेर हदका कारण सेवा निवृत्त हुँदैछन्।न्याय परिषदले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको हो। जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन्।

न्याय परिषद्ले जोशीको नाम कैफियतमा राखेर पठाएको जनाएको छ। अवधि सकिनुभन्दा एक महिना अघि प्रधानन्यायाधीश विदामा बस्ने र कायम मुकायमले एक महिनासम्म सर्वोच्चको नेतृत्व गर्ने प्रचलन हुन्छ। तर मिश्रले घरविदा नबस्ने जनाउ दिएका छन्।

त्यो एक महिनाको बीचमा प्रधानन्यायाधीशको सिफारिस गरिसक्नु भए पनि ढिलागरी सिफारिस हुने गरेको छ। अब केही दिनमै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित