FLASH NEWS
  • Loading...

फेरि अनशन बस्ने डा. केसीको घोषणा, यस्ता छन् तीन माग

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९३ पटक पढिएको
फेरि अनशन बस्ने डा. केसीको घोषणा, यस्ता छन् तीन माग

काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएको सहमति बमोजिमका माग पूरा गर्न सरकारको ध्यानआकर्षण गराएका छन्। उनले आफ्ना माग पूरा नभए २ पुसदेखि आमरण अनसन बस्ने समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन ।
आज शिक्षण अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा डा केसीले निर्मला पन्तको हत्यारालाई मुद्दा चलाउन र विगतमा भएका सम्झौता कार्यान्वय गर्न माग गरेका छन।

डा केसीका मागहरु
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।

क० सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।

ख० गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस्। त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।

ग० सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित