- Loading...
लगानीकर्ताले नाराबाजी गर्दा शेयर बजारमा पहिरो
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको
काठमाडौं । विभिन्न संगठनमा आबद्ध लागनीकर्ताको विरोधका कारण बजार घटेको छ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः घटेको छ । लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको गेटमा धर्ना दिन पुगेपछि यता बजार भने झनै कमजोर भएको छ । एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक छ दशमलव ३५ विन्दुले घटेर एक हजार १६० दशमलव २८ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव तीन विन्दुले घटेर २४६ दशमलव ७२ विन्दुमा झरेको छ । घटेको बजारमा आज कारोवार रकममा भने सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै बैंकिङ चार दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक पाँच दशमलव ७६, जलविद्युत् पाँच दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव तीन, उत्पादन तीन दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ विन्दुले घटेको छ ।