FLASH NEWS
  • Loading...

नेकपाको सचिवालय बैठक बस्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९४ पटक पढिएको
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा)ले सचिवालय बैठक बिहिबार बस्दै छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ भने पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए ।

बिहीबार बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित