FLASH NEWS
  • Loading...

सरकार र पार्टीको काम प्रति नेकपा केन्द्रीय सदस्यहरु रुस्ट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११३ पटक पढिएको
सरकार र पार्टीको काम प्रति नेकपा केन्द्रीय सदस्यहरु रुस्ट

काठमाडौं । केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका २२ केन्द्रीय सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् ।अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर बुझाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरिएको छ । तत्काल पोलिटव्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउन उनीहरुले माग गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । पार्टीमा पक्षपातले सीमा नाघेको ज्ञापन पत्र बुझाउने २२ केन्द्रीय सदस्यको साझा निष्कर्ष छ । जिम्मेवारी वितरणमा हैदसम्म पक्षपात पूर्ण व्यवहार गरिएको भन्दै भनिएको छ, कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको छ भने मन नपरेका मानिसहरुलाई जिम्मेवारीविहीन बनाइएको तितो अनुभव हामीसँग ताजै छ ।’‘हालै सचिवालयका नाममा गरिएको प्रादेशिकस्तरको कार्य विभाजनले त पक्षपातको सीमा नै नाघेको छ’ उनीहरुले भनेका छन्, ‘विधि हेरेर होइन, व्यक्ति हेरेर दोहोरो चरित्र देखिने गरी मुख्यमन्त्री तथा सांसदहरुलाई प्रदेशको पार्टी कामको कार्यकारी जिम्मेवारी प्रदान गरिएको छ ।

अन्य पदमा पनि मनलाग्दी गरिएको छ ।’पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यहरुलाई कामविहीन बनाएनु पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता भएको नेताहरुले बताएका छन् ।ज्ञापनपत्र बुझाउने २२ केन्द्रीय सदस्यहरु तत्कालिन नेकपा एमालेभित्र माधव नेपाल समूहमा आवद्ध युवा हुन् ।
गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित