FLASH NEWS
  • Loading...

प्रविधि प्रयोगशालामा सीमित,किसानको दैलोमा पुग्न सकेन : खतिवडा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११९ पटक पढिएको
प्रविधि प्रयोगशालामा सीमित,किसानको दैलोमा पुग्न सकेन : खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा।युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन् । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा बुधाबर राजधानीमा भएको एक अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने उल्लेख गरेका छन ।

विभिन्न क्षेत्रबाट भएका अध्ययन अनुसन्धानका निष्कर्षसमेत किसानको घरदैलोमा पुग्न नसकेको औल्याउँदै उनले कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए । विभिन्न कारणले कृषियोग्य जमीन घट्दो क्रममा रहेकोमा उनले चिन्ता व्यक्त गरेका छन ।

नेपालमा कृषियोग्य जमीन बाँझो छ । कृषिमा काम गर्ने क्रम घट्दो छ । तर पनि सरकारले यो वर्ष पाँच प्रतिशतमाथिको कृषि उत्पादनको अपेक्षा गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित