FLASH NEWS
- Loading...
अमिताभ बच्चनले सयौं किसानको ४ करोड ऋण चुकाए
- गोल्डेन खबर
- ६ साल अघि
- ९२ पटक पढिएको
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण चार करोड भारुभन्दा बढी चुकाइदिएको छन । अमिताभले आफ्नो ब्लगमा उनले १, ३९८ किसानको ऋण चुकाएर आफ्नो ‘जिम्मेवारी’ उठाएको बताएका छन् ।उनले आफ्नो काम पूरा भएको जस्तो अनुभव भएको बताएका छन् ।यी सबै किसान उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन यसै राज्यका हुन् ।
भारतमा किसानको एउटा ठूलो तप्का ऋणको समस्याबाट जुधिरहेका छन् ।७६ वर्षीया अभिनेताले लेखेका छन्, ‘ यो सर्टिफिकेट आफैं उनीहरुलाई नीजि रुपमा सुम्पिन चाहन्छु ।’सबै किसानलाई मुम्बई ल्याउन एक मुश्किल चुनौती थियो त्यसकारण अमिताभको तर्फबाट ७० किसानका लागि ट्रेनमा एक डिब्बा रिजर्भ गरिएको छ ।यी किसान नोभेम्बर २७ मा आफ्नो बैंकको कागजात लिन मुम्बई पुग्नेछन् ।
गोल्डेन खबर
प्रतिक्रिया दिनुहोस