FLASH NEWS
  • Loading...

उदयपुरमा जबर्जस्ती करणी गर्नेलाई ८ वर्ष जेल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १११ पटक पढिएको
उदयपुरमा जबर्जस्ती करणी गर्नेलाई ८ वर्ष जेल

काठमाडौं । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजाय फैसला गरेको छ। जिल्ला अदालतले कटारी नगरपालिका २ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो।

सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नुका साथै पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए। असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो।

 

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित