- Loading...
विदेशीले लिएको नागरिकताबारे छानबिन हुन्छ : गृहमन्त्री थापा
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।मन्त्री थापाले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन हुने बताए ।
लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उनले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका हुन् ।अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले बताए ।
गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने बताए । समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गगरेका छन ।
सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, वृजेशकुमार गुप्ता, झपटबहादुर रावललगायतले नागरिकता राष्ट्रको भविष्यसँग समेत जोडिएको भन्दै गहन छलफलको आवश्यकता रहेको बताएका थिए ।
गोल्डेन खबर