FLASH NEWS
- Loading...
१० महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री अधिकारी
- गोल्डेन खबर
- ६ साल अघि
- १७९ पटक पढिएको

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्र सञ्चालनमा आउने दाबी गरेका छन् ।
लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले मंगलबारदेखि सञ्चालनमा ल्याउन लागेको बिजुली बसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले अबको ६ महिना भित्र विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न गरी १० महिनाभित्र सञ्चालनमा ल्याउने दाबी गरेका छन ।
उनले केपी ओली नेतृत्वको अहिलेको सरकार आएपछि विमानस्थल निर्माणसहितका कामले तीव्रता पाएको दाबी गर्दै आफूले जिम्मेवारी सम्हाले यता विमानस्थलको २५ प्रतिशत काम सकिएको बताए।
उनले वातावरण प्रभाव नपर्ने गरी वा कम भन्दा कम प्रभाव हुने गरी काम भइरहेको बताए । त्यहाँ पनि बिजुली बस र रिक्सालाई प्राथमिकता दिने मन्त्री अधिकारीको भनाई छ ।
गोल्डेनखबर
प्रतिक्रिया दिनुहोस