- Loading...
परमाणु हतियार बनाउने अमेरिकाको घोषणा
- गोल्डेन खबर
- ६ साल अघि
- ११५ पटक पढिएको
काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार बनाउने घोषणा गरेका छन्। उनले चीन र रूसमाथि दबाब बनाउन भएपनि अमेरिका परमाणु हतियारले मजबुद बन्ने बताएका छन्। ट्रम्पले रूसले सन् १९८७६ को इन्टरमिडिएट रेन्ज न्यूकिलियर फर्सेस ९आईएनएफ० सन्धिको उलंघन गरेको दाबी गरेका छन्। ट्रम्पले यसपहिले उक्त सन्धिबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए।
जसको विश्वका शक्तिराष्ट्रहरूले चर्को आलोचना मात्रै गरेनन् चीनले त दुईपटक सोच्न धम्की नै दिएको थियो। ट्रम्पले लगाएको सन्धि उलंघनको आरोपको खण्डन गरेको छ र उसले आफूले पूर्णतः उक्त सन्धि पालना गरिरहेको दाबी गरेको छ।
शीतयुद्ध कालमा भएको उक्त सन्धिले मध्यम दूरीको मिसाइल निर्माणमा रोक लगाएको छ। उक्त सन्धिलाई युरोपियन देशहरूमाथि सोभियत संघको खतरालाई कम गर्न लागू गरिएको थियो। रूसले चेतावनी दिँदै भनेको छ यदि अमेरिकाले परमाणु हतियार बनाए आफूले पनि जवाफमा परमाणु हतियार बनाउने घोषणा गरेको छ।
ट्रम्पले भनेका छन् कि अमेरिका आफ्नो हतियार बनाउनेछ। उसले अरूलाई होस नआउन्जेलसम्म हतियार बनाउने घोषणा गरेका छन्।
गोल्डेनखबर