FLASH NEWS
  • Loading...

पेट्रोलियम गाडीलाई विद्युतीय गाडीले विस्थापन गर्छ : प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०० पटक पढिएको
पेट्रोलियम गाडीलाई विद्युतीय गाडीले विस्थापन गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीले भविष्यमा पेट्रोलियम गाडीलाई विस्थापन गर्ने बताएका छन्। नेपाल सरकारको विद्धुतीय यातायात राष्ट्रिय कार्ययोजना तथा साझा यातायातले भित्र्याएका विद्युतीय मोटर विजुलीबस सेवा उद्‍घाटनको क्रममा मंगलबार प्रधानमन्त्री ओलीले आयातको तेलले चलेका मोटर भविष्यमा नेपालमा उत्पादन हुने विजुलीले नै विस्थापित गर्ने बताए।

विद्युतीय गाडी संचालनको लागि सरकारले राष्ट्रिय कार्ययोजना नै बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ। सन् २०५० सम्म पेट्रोलियम पदार्थको प्रयोगलाई धेरै ठूलो मात्रामा कम गर्ने वा सकभर अन्त्य गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ।

दैनिक जीवनमा प्रयोग हुने साधन अब विद्युतको प्रयोगबाट संचालन हुने र यसले वातवरण प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउने प्रधानमन्त्री ओलीको भनाइ छ। विद्युतीय सवारी साधनको प्रयोगले पर्यटकीय क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान मिल्नेमा प्रधानमन्त्री ओलीको विश्वास छ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित