FLASH NEWS
  • Loading...

कम अभाव हुदैन राष्ट्रिय प्रतियोगिताका लागि : शहरी विकास मन्त्री राई

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
कम अभाव हुदैन राष्ट्रिय प्रतियोगिताका लागि :  शहरी विकास मन्त्री राई

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन्।

उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका छन । मध्यपश्चिम क्षेत्रीय खेलुकुद विकास समितिको कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको बताए।

तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पनि भएको बताउँदै मन्त्री राईले संरचना निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित